![](https://nepaliraibar.com/wp-content/uploads/2023/08/nraibar.gif)
सुर्खेत,। केही दिन देखि मुगुमा चिसो बढे सँगै हिमपात पनि सुरु भएको छ । चिसो बढेपछि जिल्ला प्रहरी कार्यालयले मुगु कार्मारोङ्ग गाउँपालिका-२ मुगु गाउँमा रहेको सीमा प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी सदरमुकाम झरेका छन् ।
अत्यधिक जाडो बढेपछि प्रहरी सहायक निरीक्षक नेतृत्वको ११ जनाको टोलीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन् । यही मङ्सिर १५ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले चौकीमा तैनाथ सुरक्षाकर्मीलाई सदरमुकाम झार्ने निर्णय गरेको हो ।
उनीहरूलाई आगामी वैशाखसम्मका लागि जिल्ला बोलाइएको हो । गर्मी याम सुरु भएपछि प्रहरी टोलीलाई पुनः सीमा प्रहरी चौकी पठाइने प्रहरी नायब उपरीक्षक थापाले जानकारी गराएका छन्।
![](https://nepaliraibar.com/wp-content/uploads/2022/02/hare-Krishna-Dental.gif)
नेपालीरैबार । २०८० मंसिर २६, मंगलवार