आज हिमपात र वर्षा हुने छैन

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

विभागले राति कोसी कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

आज देशभर हिमपात र वर्षाको सम्भावना छैन । “आज देशका कुतै पनि भू–भागमा वर्षा र हिमाली र उच्च पहाडी क्षेत्रमा पनि हिमपातको सम्भावना छैन । यसको कारण नेपालमा अहिले कुनै उल्लेख्य मौसमी प्रणाली छैन,।

पश्चिमी वायुको आंशिक प्रभाव मात्रै छ । पश्चिमी वायु स्ट्रङ भयो भने त्यसले वर्षा र हिमपात गराउँछ । अहिले यो कमजोर भएकाले हिमपात र वर्षा हुँदैन ।  पश्चिमी वायु कमजोर हुन्जेल बदली मात्रै हुनेछ ।

हिमपात हुने जुम्लालगायत केही हिमाली जिल्लामा भने अघिल्लो सातादेखि नै तापक्रम माइनसमा मापन भइसकेको छ । त्यसैले चिसोबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । तराईका जिल्लामा बिहान हुस्सु र कुहिरो लाग्ने गरेको छ ।

तपाईको प्रतिक्रिया