संकल्प यात्रा धनकुटा अभद्र व्यबहार गर्ने एकजना पक्राउ

धनकुटा,। नेकपा (एमाले) को संकल्प यात्रा धनकुटा आइपुगेको छ । बुधबार भोजपुर आएर बसेको टोली बिहीबार धनकुटा आइपुगेको हो । बिहीवार करिब ११ बजे अध्यक्ष केपी शर्मा ओलीसहितको टोली यहाँ आइपुगेको हो ।

लेगुवामा ज्येष्ठ नागरिक तथा कर्यकर्ता सँगको भेटघाटपछि यात्रा धनकुटाको पाख्रीबासतर्फ लागेको छ । कार्यक्रमलाई अवरोध गर्न खोज्ने एक ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्वागतको लाइनमा बसेका स्थानीय महेश राइले अभद्र ब्यहबार गर्न खोजेको भन्दै नियन्त्रमा लिएको धनकुटाको डिएसपी राजबाबु महर्जनले जानकारि दिए ।

यसैवीच पहिचानबादीले अवरोधन गर्न सक्ने भन्दै धनकुटाको सुरक्षा ब्यबस्था कडा बनाइएको प्रहरीले जनाएको छ । कार्यक्रमलाई अबरोध गर्न सक्ने भन्दै बुधबार लेगुवाबाट पहिचानवादी ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया