भित्रिनु पर्ने रेमिट्यान्समा कमि – जिफन्ट

काठमाडौं,। नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले वैदेशिक रोजगारीमा गएकाबाट आउनुपर्ने रेमिट्यान्समा आएको बताएका छन् । अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस २०८० को अवसरमा आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो ।

जिफन्टले आर्थिक वर्ष २०७७–७८ को तुलनामा २०७८–७९ मा २७७ प्रतिशत र २०७९–८० मा तीनसय प्रतिशतभन्दा बढी श्रमिक वैदेशिक रोजगारीमा गएको जनाएको छ । जिफन्टका उपाध्यक्ष रमेश बडालले आर्थिक वर्ष २०७७–७८ मा ४२।२४ प्रतिशत र आव २०७८–७९ मा ४६।३२ प्रतिशत दक्ष श्रमिक विदेश गएकोमा २०७९–८० मा ६६ प्रतिशत दक्ष श्रमिक विदेश गएको तथ्याङ्क सार्वजनिक गरे ।

आव २०७७–७८ को तुलनामा ९एक लाख ६६ हजार ६९८ जना बिदेसिँदा ल्याएको नौ खर्ब ६१ अर्ब ५ करोड रेमिट्यान्स को अनुपातमा आव २०७९–८० मा वृद्धि भएको बिदेसिनेको सङ्ख्या ९अहिले सात लाख ७१ हजार ३२७० जनाको अनुपातको आम्दानीको आधारमा नेपालमा रेमिट्यान्स ४४ खर्ब ४८ अर्ब वार्षिक रूपमा भित्रिनुपर्ने दाबी जिफन्टको छ ।

अदक्ष श्रमिकको तुलनामा दक्ष श्रमिक बिदेसिनेको सङ्ख्या १५ प्रतिशतले बढी हुन्छ भन्ने मान्दा पनि कम्तीमा सात खर्ब रेमिट्यान्स थप भई कुल ५० खर्ब भन्दा बढी हुने रेमिट्यान्स भित्रिनुपर्ने जिफन्टका महासचिव लक्ष्मण शर्माले बताए । उनले अहिले केवल १२ खर्ब मात्र नेपालमा रेमिट्यान्स आएको देखिएकाले वार्षिक ३८ खर्ब रेमिट्यान्स हराइरहेको दाबी गर्दै यसबारेमा अध्ययन गर्न आवश्यक रहेको बता्ए।

उनले भन्नुभयो, “श्रमिकहरू अझै पनि बिदेसिने क्रम बढ्दो छ । त्यो भित्र स्किल लेभरको सङ्ख्या बढ्दो छ । यो नयाँ ट्रेन हो । असुरक्षित क्षेत्रमा श्रमिकहरू प्रवेश गर्दैगरेको युद्धमा सहभागी भएका जस्ता डरलाग्दा तथ्याङ्कहरू पनि छन् । असुरक्षित ढङ्गले श्रमिकहरू बिदेसिँदै जाँदा यदि युद्ध भयो भने नेपाली श्रमिकहरू युद्धमा पनि सहभागी हुने हुन्कि भन्ने सङ्केत देखिन्छ ।”

उनले बिदेसिने श्रमिकको सङ्ख्या बढे पनि रेमिट्यान्स बढ्न नसकेको बताए । उनले भने, “श्रमिकहरू विदेशिनेक्रम बढेको छ । सिप भएका श्रमिकहरू बिदेसिएका छन् । जुन प्रतिशतमा विदेशमा श्रमिकको सङ्ख्या बढ्दो छ, तर रेमिट्यान्स बढिरहेको छैन, कतै न कतै यहाँ मिसमास भइरहेको छ भन्ने हामीलाई लागेको छ, यसलाई यस वर्ष हाइलाइट गरिरहेका छौँ ।” उनले वैदेशिक रोजगारमा गएर श्रमिकहरूले कमाएको नेपालमा आउनुपर्ने रकम किन आएन भनेर प्रश्न गरेका छन् ।

तपाईको प्रतिक्रिया