कर्णाली प्रदेश समन्वय परिषद् कतारको दोस्रो अधिवेशन सम्पन्न

सुर्खेत । रोजगारीको सिलसिलामा कतारमा रहेका कर्णालीबासीहरुको छाता संगठन कर्णाली प्रदेश समन्वय परिषद्को दोस्रो अधिवेशन सम्पन्न भएको छ । आगामी दुई वर्षे कार्यकालका लागि डम्बरबहादुर बुढामगरको अध्यक्षतामा २२ सदस्यीय कार्य समिति चयन भएको हो ।

परिषद्को वरिष्ठ उपाध्यक्ष भद्रबहादुर पुन, प्रथम उपाध्यक्ष नौलासिंह घर्ती, द्धितीय उपाध्यक्ष दिनेश तिरुवा, तृतीय उपाध्यक्ष नवराज टमटा, युवा उपाध्यक्ष प्रमोद बस्याल रहेका छन् । महासचिवमा गुलाब लम्साल, सह–सचिव किरण शाही, कोषाध्यक्ष गोपाल बस्नेत, सह– कोषाध्यक्ष कृष्ण बस्याल, महिला संयोजक मनिषा मल्ल रहेका छन् ।

त्यस्तै, कार्य समिति सदस्यहरुमा प्रकाश हमाल, नरेन्द्र बस्याल, शेरबहादुर खत्री, हिराजन टमटा, भविन्द्र विश्वकर्मा, सपना धामी, प्रकाश घर्ती, सन्देश सोनी, शुदीक्षा शाही बस्नेत, मिलन बस्याल र सुरेश महर रहेका छन् । विविध सांस्कृति कार्यक्रमसहित सम्पन्न अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको कार्य समिति सदस्य प्रकाश हमालले जानकारी दिए । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका नेपाली युवाहरु हकहितका लागि काम गर्ने उद्देश्यले कर्णाली प्रदेश समन्वय परिषद्, कतार गठन भएको हो ।

तपाईको प्रतिक्रिया