आज नवनियुक्ति ६ न्यायाधीशको शपथ ग्रहण लिँदै

काठमाडौं । सर्वोच्च अदालतमा नियुक्त भएका ६ जना न्यायाधीशले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नियुक्त गरेका सर्वोच्चका ६ जना न्यायाधीशले बिहीबार दिउँसो शपथ ग्रहण गर्न लागेका हुन् ।

बिहीबार दिउँसो ३ बजे शीतल निवासमा राष्ट्रपति पौडेलले शपथग्रहण गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै बुधबार नै राष्ट्रपति पौडेलले सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई नियुक्त गरेका थिए ।

राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ गराएसँगै सर्वोच्च पुगेर छ जना न्यायाधीशले आफ्नो कार्यभार सम्हाल्ने छन् । ६ जना न्यायाधीश थपिए पछि सर्वोच्चमा अब २० जना न्यायाधीश हुनेछन् ।

तपाईको प्रतिक्रिया