दैलेखमा गजल संग्रह सुस्केराको विमोचन कार्यक्रम सम्पन्न

दैलेख । गजलकार सरोज बिन्दास विश्वकर्मा द्धारा लिखित गजल संग्रह सुस्केराको विमोचन कार्यक्रम दैलेखमा सम्पन्न भएको छ। मंगलबार महाँबु कला साहित्यिक समाज महाँबु दैलेखका अध्यक्ष जगत व्यञ्जनको अध्यक्षतामा जिल्ला समन्वयको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा महाँबु गाउँपालिकाका कार्यवाहक अध्यक्ष मन्जु शर्मा पाण्डे विशेष अथिति मा महाँबु गाउँपालिकाका पूर्व अध्यक्ष जगं बहादुर शाही साहित्य उत्थान प्रतिष्ठान दैलेखका अध्यक्ष कृष्ण देवकोटा भावुक अथितीहरुमा नारायण क्याम्पस दैलेखका क्याम्पस प्रमुख नर बहादुर शाही अभिसेग अनुराग रहेका थिए ।  सबै स्रष्टा, अतिथिलाई गजलकार जगं बोगटीले स्वागत गरेका थिए ।

कार्यक्रममा सगरमाथा साहित्य कर्णाली शाखाकी अध्यक्ष बबिता बिष्ट गजलकार रूपेश चन्द नारायण रिजाल पुष्कर खड्का पत्रकार भीम सिजापति दिपेन्द्र कार्की लगायतले गजल वाचन गरेका थिए ।कार्यक्रम मा पत्रकार गजलकार लगायत अन्यको उपस्थित थियो ।

तपाईको प्रतिक्रिया