भीरबाट खसेर एक जनाको मृत्यु

काठमाण्डौँ। भीरबाट लडेर चिशङ्खगढीमा एक जनाको मृत्यु भएको छ । वडा नं-७ डाँडाका करिब ४५ वर्षीय दीपक राईको भिरबाट लडेर मृत्यु भएको हो।

विगत ४ वर्षदेखि छारे रोगबाट पीडित उनी आफ्नै घर वरपर हिँडडुल गर्ने क्रममा घर नजिकैको भीरबाट लडेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिएका छन् ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छा ।

तपाईको प्रतिक्रिया