माइतीघरबाट डा. गोविन्द पक्राउ

काठमाडौं। चिकित्सा सुधारको माग राख्दै आन्दोलनरत डा. गोविन्द केसी पक्राउ परेका छन् । उनलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको हो ।

निषेधित क्षेत्रमा आन्दोलन गरेको भन्दै उनलाई नियन्त्रणमा लिइएको हो । लामो समयदेखि स्वास्थ्य र मेडिकल शिक्षामा सुधारको एजेन्डा लिएर उनी आन्दोलनरत छन् ।

विभिन्न मागहरु राखेर आज माइतीघर मण्डलाको निषेधाज्ञा तोड्ने निर्णय गर्दै उनी आन्दोलित भएका थिए ।

सबै नागरिकले स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीहरुको योग्यताका आधारमा निःशुल्क वा न्युनतम शुल्कमा मेडिकल शिक्षाका कोर्सहरु पढ्न पाउने अधिकार अनि न्याय र सुशासनका उनको मागहरु रहेको छ ।

तपाईको प्रतिक्रिया