बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु

काठमाण्डौँ। डोटीमा बँदेलको आक्रमबाट एक महिलाको मृत्यु भएको छ। केआइसिंह गाउँपालिका–१ मा बँदेलको आक्रममा परेर घाइते भएकी ३५ वर्षीया जगुलीदेवी भुलको मृत्यु भएको हो।

मंगलबार बिहान ७२ वर्षीय भगी भुल र जगुलीदेवीलाई बँदेलले आक्रमण गरेको थियो। दुवै जनालाई उचारका लागि अस्पताल पुगाउने क्रममा जगुलीदेवीको बाटोमै मृत्यु भएको जिल्ला अस्पताल डोटीले जनाएको छ ।

प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक सीताराम विष्टका अनुसार जगुलीदेवीको टाउको र दुवै खट्टामा चोट लागेको थियो । भगी भुलको भने टाउकोमा सामान्य चोट लागेको छ।

तपाईको प्रतिक्रिया