बलात्कार आरोपमा एक युवक पक्राउ

काठमाण्डौँ । युवती बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरले बलात्कार आरोपमा एक जना युवकलाई पक्राउ गरेको एसपी नवराज कार्कीले जानकारी दिए।

उनकाअनुसार गोपाल गजमेर पक्राउ परेका हुन्।प्रहरीका अनुसार एक युवतीले गजमेर विरूद्ध माघ २९ गते जाहेरी दिए पछि प्रकाउ गरिएको हो ।

पीडितले घटना माघ २८ गते भएको जाहेरीमा उल्लेख गरेकी छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। जिल्ला अदालत ललितपुरबाट पाँच दिन हिरासतमा राख्न अनुमति पनि लिएको छ।

तपाईको प्रतिक्रिया