सुर्खेत । गायक, लेखक, निर्देशक मिलन सुवेदीको सुर्खेत माझैमा गीत सार्वजनिक भएको छ । मिलन सुवेदी युबटुव च्यानलबाट सार्वजनिक भएको गीतमा सुर्खेत जिल्लाका पर्यटकीय स्थललाई गीतमा स्पष्ट रुपमा उतारिएको छ ।
मिलन सुवेदी र करिश्मा घर्ती मगरको स्वरमा रहेको गीतमा मिलन सुवेदीकै शब्द रहेको छ । मिलन सुवेदी र ज्ञानबहादुर नेपालीको लय रहेको गीतमा जुजु गुरुङले संगीत दिएका छन् । हाल नेपाल विद्युत प्राधिकरणमा कार्यरत सुवेदीले यस गीतको म्युजिक भिडियो भने छिटै बजारमा ल्याउने बताएका छन् ।
गीतमा के छ ?
सुर्खेतमै घर भएका प्रेमीप्रेमीका बीचको माया प्रेमलाई सुवेदीले गीतमा देउती बज्यै बुलबुले सुर्खेत माझैमा, आजै आउ है मेरी सानी भेटौ साझैमा जस्ता शब्दले सुर्खेतको र माया प्रेमको चर्चा गरेका छन् । सानीलेख (हाल वीनपा १६ गर्पन) को गोगनपानी घर भएका प्रेमीले आफ्नी प्रेमिकालाई करेखोलामा बगेर सागर पुग्ने पानीको भेट नभए झै फेरी भेट हुनेमा शंका गर्दै साझमा भेट्न बोलाएका छन् ।
अर्को तर्फ चिनजान भएको लामो समयपछि केटा भेट्न आएको कुरा केटिले गीतमा प्रति प्रश्नका रुपमा गरेकी छन् । त्यस पछि गायकले केटिको रुप र उमेर सम्हाल्न आग्रह गरेका छन् । कर्ली केशको चर्चा गदैै गायक सुवेदीले जिउँडाल राम्रो भन्दै जवानीलाई सम्हाल्न आग्रह गरेका छन् । प्रेमीको प्रसंशामा प्रेमीकाले जोवान दिने साचि नै हो कि हैन भनी प्रश्न गरेकी छन् ।










नेपालीरैबार । २०८० फाल्गुन ८, मंगलवार