काठमाडौँ । पछिल्लो समय अनलाइन बैङ्किङको प्रयोग दिन प्रतिदिन बढिरहेको छ । बैङ्क तथा वित्तीय संस्थाहरूले बढी सुरक्षित हुने भन्दै प्रयोगकर्तालाई डिजिटल प्लेटफर्म मार्फत नै कारोबार गर्न प्रोत्साहन गरिरहेका छन् ।
छिटो र सजिलो माध्यम बनिरहेको अनलाइन बैङ्किङ खाना खाँदादेखि सपिङ गर्दा वा घुम्न जाँदासम्म पनि प्रयोग हुने गर्छ । क्यास पैसा पछिल्लो समय बोक्ने चलन नै हराउन लाग्यो भन्दा पनि फरक नपर्ला । तर, कतिपय अवस्थामा अनलाइनबाट कारोबार गरिरहँदा धेरै कुराहरूमा सजग हुनुपर्दछ । अन्यथा धेरै अकाउन्टहरू ह्याक भएर पैसा हरायो भन्ने गरेका समाचारहरू पनि दैनिक रूपमा आइरहेका हुन्छन्।
यस्ता छन् अनलाइन बैङ्किङ प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरु
– अनलाइन बैङ्किङको प्रयोग गर्नुअगाडि बैङ्कको अनलाइन बैंकिङसम्बन्धी नियम प्रक्रियाबारे सम्बन्धित बैंकसँग वा जानेको व्यक्तिहरूसँग पूर्ण जानकारी लिने ।
– अनलाइन बैङ्किङ सेवा प्रयोग गर्दा सम्बन्धित बैङ्कको आधिकारिक वेबसाइट तथा आधिकारिक मोबाइल एप पहिचान गरेर मात्र प्रयोग गर्ने ,
– आफ्नो बैङ्क स्टेटमेन्ट नियमित चेक गर्ने ,
– आफ्नो बैङ्क खाता नम्बर, पासवर्ड, पिन कोड तथा ओटीपीजस्ता कुराहरू अरूलाई सेयर नगर्ने ,
– अनलाइन बैङ्किङको लागि बलियो पासवर्डको प्रयोग गर्ने र समय समयमा आफ्नो पासवर्ड परिवर्तन गर्ने ,
– आफ्नो बैङ्क खातामा कुनै शङ्कास्पद गतिविधि देखिए तुरुन्त बैङ्कमा सम्पर्क गर्ने ।
नेपालीरैबार । २०८० फाल्गुन २४, बिहीबार