तेश्रो कर्णाली एक्सपोमा शनिबार चर्चित गायक प्रमोद खरेल प्रस्तुति

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी तेश्रो कर्णाली एक्सपोमा शनिबार चर्चित गायक प्रमोद खरेल लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने जायोजकले जनाएको छ ।

सुर्खेत उद्योग बाणिज्य संघको आयोजनामा सुरु भएको कर्णाली एक्सपोमा २६ गते आज , खरेलसगैँ कलाकार टिका पुन, गायक सुखदेब अधिकारी मोडल साजन शर्मा, लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । कर्णाली एक्सपो २८ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया