आज शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसार विभिन्न कार्यक्रम गरी मनाउँदै

काठमाडौँ। आज शेर्पा समुदायको महत्त्वपूर्ण सांस्कृतिक पर्व ग्याल्पो ल्होसार हो। आज शेर्पा समुदायकाले विभिन्न कार्यक्रम गरी मनाइँदै छन् । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्दछन् । यो शेर्पा समुदायको नयाँ वर्ष हो ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्दछन् ।

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन थालिएको हो । विगतमा हिमाली जिल्लामा मात्रै मनाइने यो पर्व अहिले देशैभरि फैलिएको छ ।

शेर्पा समुदायको उपस्थिति भएका सबैजसो जिल्लामा धूमधामका साथ यो पर्व मनाउने गरिएको छ । ग्याल्पो ल्होसारका अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिने गरेको छ ।

तपाईको प्रतिक्रिया