रुसी सेनामा भर्ती भएका जाजरकोटका एक युवाको मृत्यु

सुर्खेत। रुसी सेनामा भर्ती भएका जाजरकोटका एक युवाको मृत्यु भएको छ ।

केही महिना अघि रुसी सेनामा भर्ती भएर सम्पर्कविहीन भएका शिवालय गाउँपालिका — ६ निवासी नवीन शाहीको निधन भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

रुसमा गइ सेनामा भर्ती भएका शाहीसहित छ नेपालीको मृत्यु भएको हो । परराष्ट्र मन्त्रालयले आधिकारीक रूपमा मृत्युको जानकारी गराएपछि शाहीको गाउँ नै शोकमग्न बनेको छ ।

तपाईको प्रतिक्रिया