काठमाडौं। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार, नेपालको जनसंख्या वृद्धिदर घट्दै गएको छ । अहिले नेपालको जनसंख्या वार्षिक वृद्धिदर ०.९२ प्रतिशत रहेको छ ।
आइतबार सार्वजनिक कार्यालयको विषयगत प्रतिवेदनानुसार अहिलेको वृद्धिदरले जनसंख्या दोब्बर हुन ७५ वर्ष लाग्ने देखिएको छ।
राष्ट्रिय जनगणना २०७८ अनुसार, नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।
नेपालीरैबार । २०८० चैत्र ४, आईतवार