पत्रकार महासंघको केन्द्रीय महाधिवेशन लुम्बिनीमा हुने

काठमाडौं। नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन  वैशाख २१ गते लुम्बिनीमा हुने भएको छ ।

महासंघका महासचिव रोशन पुरीका अनुसार महासंघको बुधबार बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशन २०८१ साल वैशाख २१ गते लुम्बिनीमा गर्ने निर्णय गरेको छ ।

महासंघले जिल्ला, शाखा तथा एसोसिएट्स संस्थाहरुको अधिवेशनहरु आजैदेखि चैत मसान्तसम्म सम्पन्न गरिसक्ने र प्रदेश अधिवेशनहरु वैशाख १ गतेदेखि १२ गतेसम्म सम्पन्न गरिसक्ने निर्णय समेत गरेको छ ।

केन्द्रीय महाधिवेशनमा राष्ट्रिय परिषद सदस्यहरु सहभागी हुन्छन् । केन्द्रीय महाधिवेशन भएको एक महिनापछि महासंघको नयाँ नेतृत्व चयन गर्ने विधानमा व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया