कांग्रेसलाई रविले भने–मलाई सहकारीकाे आराेप लगाएकाे बारे बहस गरौँ, त्यसलाई लाईभ गराैँ

काठमाडाैँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसलाई लाइभ बहसको प्रस्ताव गरेका छन् । सहकारी ठगीमा संलग्न रहेको भन्दै कांग्रेसले निरन्तर संसद अवरोध गर्दै आएपछि गृहमन्त्री लामिछानेले यस्तो प्रस्ताव गरेका हुन् ।

रवि लामिछानेले लेखेका छन्, ‘ठाडो उजुरी बाहेक केही हैसियत नभएको चिर्कटो बोकेर सदन नै अबरुद्ध गर्नु पर्ने कारण बारे ‘एक बहस तो बन्ता है’ ।

त्यस्तै लामिछानेले आफू कांग्रेसले भनेको दिन स्थान र समयमा बहस गर्न तयार रहेको बताएका छन् । ‘तपाईंहरुले भनेको दिन, स्थान र  समयमा तपाईंहरु र म सार्वजनिक बहस गरौँ ।  त्यो बहस काठमाडौँ–४ मा भए राम्रो।

म एक्लै आउँछु, तपाईं  आफ्ना विज्ञ, पार्टीका सम्पुर्ण प्रभावशाली नेता र तपाईंले म माथि लगाएका सारा आरोप पुष्टि गर्ने सम्पुर्ण प्रमाण बोकेर आउनु होला। यो बहस लाइभ गरौँ ताकी सिङ्गो देशले हेरोस्। सारा देशका अगाडी तपाइहरुले मलाई  सुर्यदर्शन सहकारीको ठग प्रमाणित गर्नु होला। तपाईंका कुरा तपाईं जान्नुहोस् मैले त मेरा मतदाता माथी  न्याय गर्नै पर्छ। जवाफ दिनै पर्छ।’

तपाईको प्रतिक्रिया