होलीका दिन काठमाडौंमा चेकजाँचमा कडाइ

काठमाडौं । आज होलीका दिन काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज (आइतबार) बिहानैदेखि होली मनाउन थालिएको छ । होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

होली पर्वका अवसरमा मानिसले उच्छृंखल गतिविधि गर्ने, जथाभावी लोला हान्ने, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउनेलगायत गतिविधि हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्रहरीले चेकजाँच गरिरहेको छ । नेपाल प्रहरीले सतर्कताका साथ होली खेल्न सबैलाई आग्रह गरेको छ ।

प्रहरीले सम्भावित दुर्घटना हुन नदिन घरको छतलगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न समेत आग्रह गरेको छ ।सार्वजिनकस्थलमा ड्रोनबाट पनि निगरानी गरिएको छ ।

होलीलाई व्यवस्थित बनाउन काठमाडौंका ९० भन्दा बढी स्थानमा चेकजाँचका निम्ति प्रहरी टोली खटाइएको छ ।

तपाईको प्रतिक्रिया