काठमाडौं। चट्याङ ठूलो मात्राको विद्युतीय करेन्ट हो । यसबाट हाम्रा घरहरूलाई धातुका सामग्री प्रयोग गरी सुरक्षित बनाउ
तामा, आल्मुनियम तथा जीआईका रडक घरको सबभन्दा अग्लो भागमा राख्ने अनि सोही धातुका रड वा पाता जोडेर जमिनसम्म पु¥याउने र तामाको रडसँग जोडी अर्थिङ गरिए धेरै हदसम्म घरहरू सुरक्षित राख्न सकिन्छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चट्याङबाट सुरक्षित रहन गड्याङगुडुङ गरेका बेला घरबाट बाहिर ननिस्कने र घरबाहिर भएमा तुरुन्त घरभित्र वा सुरक्षित स्थानमा जानुपर्छ । चट्याङबाट जोगिन पक्की घर, बस, भ्यान आदि सुरक्षित स्थान हुन् ।
तर, यस्ता सुरक्षित स्थान पुग्ने अवस्था नरहेमा अग्लो र एक्लो रुखको ओत लाग्न नहुने प्राधिकरणले जनाएको छ । बरु, रुखदेखि टाढा टुक्रुक्क बस्नुपर्छ । खुला चौरमा परेमा टुक्करुक्क बसी टाउकोलाई दुई घुँडाको बीच राखी कान थुन्न प्राधिकरणको सुझाव छ ।
घरभित्र रहँदा पनि झ्याल, ढोका बन्द गरी कोठाको बीचमा बस्नुपर्छ । टीभी, वासिङ मेसिन, फ्रिज तथा अरू विद्युतीय सामग्रीका तारहरू प्लगबाट छुटाउनुपर्छ ।
यस्तै, गड्याङगुडुङका बेला पानीका स्रोतमा सीधै नुहाउने, धुने नगर्ने र मोबाइल,टेलिफोन, कम्प्युटर, ल्यापटप जस्ता विद्युतिय उपकरणहरु को प्रयोग गर्नु हुदैन । चट्याङ चैतदेखि जेठ महिनासम्म अत्यधिक पर्ने भएकाले यो समयमा विशेष ध्यान दिनु पर्दछ । तर, अरु समयमा पनि पर्ने प्राधिकरणको भनाइ छ ।
सबैभन्दा महत्वपूर्ण कुरा चट्याङ अपराह्न ३ बजेपछि पर्ने हुनाले घरबाहिरका काम बिहानको समयमा गरी साँझपख घरभित्रका काम गर्नुपर्छ ।
नेपालीरैबार । २०८० चैत्र १८, आईतवार