सुर्खेत। कर्णालीका सबै जिल्लामा पाठ्यपुस्तक पुगेको छन् । अघिल्ला वर्षहरुमा शैक्षिक सत्रको अन्त्यसम्म पनि पुस्तक पाउन गाह्रो पर्ने कर्णालीका विद्यार्थीले यस वर्ष भने शैक्षिक सत्रको सुरुमा पुस्तक पाउन सक्ने भएका छन् ।
पाठ्यपुस्तक पुगिसकेको पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मेवारी लिएको जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालय सुर्खेतका अनुसार यस वर्ष कर्णालीका सबै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको जनाएको छ । जनक शिक्षा सामग्री केन्द्रको तालिकाबमोजिम चैत ९ देखि पुस्तक वितरण सुरु गरिएको हो । अहिलेसम्म आठ हजारभन्दा धेरै पुस्तक जिल्ला जिल्लामा पुगिसकेका छन् । यो वर्षका लागि आवश्यक पर्ने १० लाख थान पुस्तक गोदाममा ल्याइसकेको जनाइएको छ ।
प्रादेशिक कार्यालय प्रमुख भैरवबाबु पन्तका अनुसार अहिलेसम्म सबैभन्दा धेरै दैलेखमा दुई हजार पाँच सय सेट पाठ्यपुस्तक पुगिसकेको छ। मुगुमा छ सय सेट, हुम्लामा छ सय सेट, जुम्लामा पाँच सय सेट, जाजरकोटमा नौ सय सेट, कालीकोटमा एक हजार सेट र सुर्खेतमा एक हजार दुई सय सेट पुस्तक बिक्रेतामार्फत जिल्ला जिल्लामा पुगेका हुन् । भर्ना अभियानसँगै विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पु¥याउने सरकारको उद्देश्य अनुरूप पुस्तक बिक्री सुरु गरिएको जनक शिक्षाको दाबी छ ।
जनक शिक्षा सामग्री केन्द्रको तालिकाबमोजिम चैत ९ देखि पुस्तक वितरण सुरु गरिएको हो । यो वर्षका लागि आवश्यक पर्ने पर्याप्त पुस्तक गोदाममा राखिएकाले पुस्तक अभाव नहुने कार्यालय प्रमुख पन्त बताए। जनक शिक्षाले जिल्ला अनुसार पालो तोकेर पुस्तक वितरण गरिरहेको छ । विशेषगरी दुर्गम जिल्लाको पहिले पालो तोकिएको छ भने अलिक सुगम जिल्लालाई पछाडि राखिएको छ ।
नेपालीरैबार । २०८० चैत्र २२, बिहीबार