पेन्सनपट्टादेखि अन्य सम्पत्ती कान्छी श्रीमतीका नाममा बनाएपछि जेठी श्रीमतीको विचल्ली

सुर्खेत । प्रहरीका पूर्व सहायक प्रहरी निरीक्षकले जेठी श्रीमतीको हक लाग्ने सम्पत्ती कान्छी श्रीमतीका नाममा बनाएपछि जेठी श्रीमतीको विचल्ली भएको छ । दैलेखको नारायण नगरपालिका–७ किमुगाउँ स्थायी ठेगाना भएका प्रेम चन्दले प्रहरीबाट अवकाश पाएपछि पेन्सनपट्टादेखि अन्य सम्पत्तीमा कान्छी श्रीमतीको हक राख्दा जेठी श्रीमती सीता चन्दको विचल्ली भएको हो ।

प्रेमसँग सीताले २०५८ सालमा विवाह गरेकी थिइन् । प्रहरीमै कार्यरतहुँदा प्रेमले २०६७ सालमा कान्छी श्रीमती ल्याएको पिडीत चन्द बताइन् । २०६१ सालमै जेठी श्रीमती सीताको विवाह दर्ता र नागरिकता बनाइदिएका प्रेमले अहिले नेपालगञ्जमा कान्छीसँगै बस्दै आएको पिडित चन्दले बताइन् ।

प्रेमले नेपाल प्रहरीबाट अवकाश भएपछि पेन्सनमा सीताको हक लाग्ने भएपनि सबै विवरण कान्छी श्रीमतीको नाम राखिदिएको उनले पत्रकार सम्मेलन गरेर जानकारी दिएकी हुन् । ‘१५ वर्षसम्म श्रीमानको माया पाएन्, अहिले छोरी पढ्दै छिन् । नेपाल प्रहरीको प्रधान कार्यालयकै कागजमा मेरा सबै प्रमाण हटाएर कान्छी श्रीमतीको नाम राख्नु भएछ,’ उनले भनिन्, ‘श्रीमानबाट त पीडा पाएकै थिए । सबै प्रमाण आफैसँगहुँदा पनि अदालतले न्याय नदिएको दुखेसो पोखिन् ।

श्रीमान जागिरमैहुँदा आफूले आधा तलव लिएको बताउँदै सीताले अहिले जागिर छाडेर सबै हक कान्छीको लाग्ने बनाएपछि छोरी र आफ्नो विचल्ली भएको बताइन् । ‘छोरी उच्च शिक्षा पढ्दैछिन् । उनको शुल्क मात्रै ४० हजार बढी आएको छ,’ सीताले प्रश्न गदै भनिन्, ‘आधिकारिक श्रीमती आफू नै भएको स–प्रमाण पेश गर्दा पनि अदालतले न्याय नदिएको उनको दुखेसो छ । उनीले भक्कानिदै भनिन्, आफू विरामी छु, छोरीलाई कसरी पढाउने अनि मलाई न्याय कसले दिने ?

सिताले आफ्ना श्रीमानले कान्छी श्रीमती ल्याएको धेरैपछि थाहा पाएपनि बहुविवाहको मुद्दा नहालेको बताइन् । ‘बरु मिलेरै बसौं भनेर श्रीमानलाई भनिरहे उनले भनिन् । नारीको कोमल मनले मुद्दा हालेपछि झन तनाव होला भनेर दुःख दिन नठानेको उनले बताइन् । उनले ‘माइती र पराईघरको ईज्जतका लागि छोरी हुर्काएर बसको बताइन् । दुवै पक्षबाट साथ र सपोर्ट पाएपनी श्रीमानबाट आफ्नो पेन्सन र पाउनु पर्ने अन्य हकमा कान्छी श्रीमतीको नाम राखेपछि अन्यायमा परे सिताले भनिन् । ’प्रेम १५ वर्षसम्म सम्पर्कविहिन भएपछि पेन्सनमा कान्छी श्रीमतीको नाम राखेको सिताले बताइन् ।

यता प्रेमलाई हामिले सम्पर्क गर्दा जागिरको अवधिमा कमाएको २४ –२५ लाख मध्य १७ लाख सितालाई दिएको बताए । प्रेमले भने, ‘दैलेख जिल्ला अदालतमा आधा तलव पाउँभन्दै मुद्दा हालेपछि त्यो पनि दिएको हुँ । मेरो सम्पर्कमा नरहेपछि अहिले बाँके जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा हालेको छु । उच्च अदालत सुर्खेतले मसँग जोडिएका कागजात नक्कली भएको फैसला गरेसकेको छ । सिताले आफूमाथि लगाएका आरोप निराधार रहेको प्रेमले बताए । जेठी श्रीमतीले पाउनुपर्ने जति सबै दिइसकेकाले छोरीको पठनपाठनका लागि खर्च व्यहोरिरहेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया