काठमाडौं। फिल्म ‘द्रौपदी’ सुटिङको क्रममा अभिनेत्री सुजाता तिमिल्सिना भिरबाट लडेर घाइते भएकी छिन् । डोल्पाको अप्ठ्यारो लोकेसनमा सुटिङ गर्दागर्दै मंगलबार दिउँसो सुजाता भीरबाट लडेर घाइते भएकी हुन् ।
उनको मुख, दाँत तथा हातखुट्टामा चोट लागेको छ । उनको मुड्केचुला गाउँपालिकास्थित स्थानीय अस्पतालमा उपचार भइरहेको फिल्मका निर्माता तथा निर्देशक ऋषिराज आचार्यले जानकारी दिएका छन् ।
एउटा अग्लो ठाउँमा सुटिङ भइरहेको बेला उनको खुट्टा चिप्एिर लडेकी हुन् । कलाकार घाइते भएपछि मंगलबार सुटिङ अवरुद्ध भएको थियो । सुजाता ‘द्रौपदी’ का लागि अडिसन दिएर अभिनेत्रीका लागि चयन भएकी हुन् ।
अहिलेसम्म कुनै पनि फिल्म,भिडियोसमेत छायांकन नगरिएको ताजा लोकेसनहरूमा फिल्म सुटिङ गरिएको र अब केही दिनमा सम्पूर्ण छायांकन सकिने बताइएको छ ।
नेपालीरैबार । २०८० चैत्र २८, बुधबार