बाँदर धपाउन बन्दुकको प्रयोग गर्दा महिलाको मृत्यु

काठमाडौं। बाँदर धपाउन बन्दुकको प्रयोग गर्दा महिलाको मृत्यु भएको छ । पाँचथरको हिलिहाङ गाउँपालिका–४, सिबुवामा बाँदर धपाउन राखिएको बन्दुक पड्किदा ५१ वर्षीया मनकुमारी सिगुका मृत्यु भएको हो ।

मनकुमारी आइतबार राति साढे १० बजे घरदेखि अन्दाजी एक किलोमिटर उत्तरमा मकै रोपेको खेतमा बाँदरलाई धपाउनको लागि भरुवा बन्दुक लिएर गएकी थिइन् ।

बन्दुक पड्काउने क्रममा फायरिङ पिनको नाल फुटी पड्किदा बारुदको छर्राले शरीरको विभिन्न भागमा लागेर घाइते भएकी थिइन् । उपचारका क्रममा जिल्ला अस्पताल पाँचथरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया