काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिने भएका छन् । कर्णाली प्रदेश सभाको बैठक आज दिउँसो ३ बस्ने तयारी भएको छ ।
सूचना अधिकारी उपेन्द्र कुमार गुरुङका अनुसार मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिन लागेका छन् । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका कँडेल गत चैत २७ गते नियुक्त भएका थिए । मुख्यमन्त्री कँडेलले बुधबार नेकपा माओवादी केन्द्रका रणसिंह परियारलाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रसँग सहमति नजुट्दा मन्त्रिपरिषदले पूर्णता भने पाएको छैन । विहीबार विश्वासको मत लिएपछि मुख्यमन्त्री कँडेलले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन् ।
नेपालीरैबार । २०८१ बैशाख १३, बिहीबार