सोमबार सुनको मुल्य बढ्यो

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा २ सय रूपैयाँले बढेर १ लाख ३५ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९ सय ५० रूपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको मूल्य पनि तोलामा २० रूपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया