सुन तोलामा आठ सय रुपैयाँले बढ्यो

काठमाण्डौं। सुनको मुल्य आज तोलामा आठ सय रुपैयाँले बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मुल्य बढेर तोलाको एक लाख ३६ हजार चार सय रुपैयाँ पुगेको छ । सुन हिजो तोलामा एक लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मुल्य तोलामा एक हजार छ सय ७५ रुपैयाँ मा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया