‘प्रकाश दुतराजको ‘करिम’ बोलको गीत युट्युबबाट हटाउन नगर प्रमुखको माग

सुर्खेत । रुकुमपश्चिमको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले कलाकार प्रकाश दुतराजको ‘करिम’ बोलको गीत युट्युबबाट हटाउन माग गरेका छन् । प्रमुख बादीले गीत हटाउन माग राख्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र केन्द्रीय चलचित्र जाँच समितिमा निवेदन पेस गरेका छन् ।

बादी समुदायको कथामा आधारित उक्त गीतले बादी समुदायप्रतिको अपमान, विभेद र शोषणलाई प्रश्रय गरेकाले उक्त गीतलाई हटाउन निवेदन दिइएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया