जहाँ कोरिएका छन् कर्णाली झल्काउने तस्विर

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकाको सिमामा रहेको भेरी पुलमा कर्णाली झल्काउने चित्रहरु कोरिएका छन् । कर्णालीका पर्यटकीय क्षेत्र, रितिरिवाज र यहाँ पाइने वन्यजन्तुका विषयमा भेरी पुलका खम्बाहरुमा चित्र कोरिएका छन् ।

भौगोलिक विकटता र मानव विकास सूचांकमा सबैभन्दा पछाडी परेको कर्णाली प्रदेश प्राकृतिक सौन्दर्यले भरिएको छ । स्वर्गकी अप्सरा उपनामले चितिने रारा ताल पर्यटकको पहिलो रोजाइँमा पर्ने क्षेत्रदेखि से–फोक्सुण्डो लगायतका क्षेत्रको भेरी पुलमा चित्रण गरिएको हो जनचासाे दैनिकमा समाचार छ ।

कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कर्णाली झल्काउने चित्र गत आर्थिक वर्षमा नै भेरी पुल, भेरीगंगाको रातामाटा, रत्न राजमार्गको एमाले मोड र वन तथा वातावरण निर्देशनालयको पर्खालमा राखेको छ ।

तपाईको प्रतिक्रिया