त्रिभुवन विमानस्थलबाट ७० ग्राम सुनसहित महिला पक्राउ

काठमाठौं । त्रिभुवन विमानस्थलबाट ७० ग्राम सुनसहित महिला पक्राउपरेकी छिन् ।पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१३ घर भएकी ४० वर्षीया मैया बुढाथोकी छन् । उनलाई शनिबार दिउँसो विमानस्थलस्थित प्रहरीले पक्राउ गरेको हो ।

भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ७० ग्राम तौलको सुनको औठी उनीबाट बरामद भएको हो । उनले बाह्‍य मुलुकबाट नेपाल आउने यात्रुको प्रयोग गरी भन्सार छलेर सुन ल्याएको प्रहरीको आरोप छ ।

उनलाई कारबाहीका लागि विमानस्थलस्थित भन्सार कार्याय पठाइएको छ ।

तपाईको प्रतिक्रिया