सुर्खेत। राष्ट्रिय राजमार्गले छुन नसकेको कर्णालीमा विकासको पहिलो पूर्वाधार भनेको सडक नै बन्न पुगेको कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बताए ।भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले आज मन्त्रालयमा आगामी वर्षको बजेट तर्जुमा लागि गरिएको कार्यक्रममा उक्त कुरा बताएका हुन् ।
भौगलिक रुपमा विकट मानिएको कर्णालीमा कर्णाली र भेरी करिडोरहरु निर्माणधिण अवस्थामा रहेको भन्दै मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेश सरकारको मुख्य प्राथमिकता समेत यही रहेको बताए।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको मताहातमा रहेका सबै जिल्लाका कार्यालय प्रमुख तथा अधिकारीसँगको छलफलमा मुख्यमन्त्री कँडेलले होटलबाट योजना वितरण भन्ने समाचार पो पटक सुन्न नपरोस भन्दै सर्चेत गराएका छन् । कर्णालीका जनताले अझै पनि सहज र ढुकसँग यात्रा गर्न नपाएको भन्दै उनले अब त्यस्ता खालका समस्याबाट पार लाग्नुपर्ने बताए ।
सडक तथा पुल निर्माणको जिम्मेवारी लिएका सबै निर्माण व्यवसायीको आचरण खराव नभएको बताउदै मुख्यमन्त्रीले सरकारले बजेट निर्माण गर्दा ध्यान नदिएका कारण भारी मात्रामा विकास निर्माणका कामहरु अलपत्र परेको जिकिर समेत गरेका छन् । अहिले बजेट सुनिश्चित भएका योजनाहरुमा निर्माण व्यवसायी र कार्यालय प्रमुखले भारी सहकार्य गरेर हरेक काममा निकास निकाली जनचाहना अनुसार अगाडी बढन निर्देशन पनि दिए। अधिकार प्राप्त तपाइहरु कर्णाली बनाउका लागि कसरी जिम्मेवारी पुरा गर्ने र जिम्मेवार बन्ने कुरा भनिरहनुपर्ने विषय नभएको तर्क मुख्यमन्त्री कँडेलले बताए।
जनताले निवेदक बोकेर मन्त्रालयमा धाउने परिस्थीतीको अन्त्य गर्न समेत उनको निर्देशन रहेको छ । भौतिक पूर्वधार तथा सहरी विकास मन्त्रालयले ठेक्का लगाएको छ , पेश्की दिएको छ तर पनि किन प्रगती कम देखिएको छ भन्दै उनले प्रश्न गरे।
बजेट कम खर्च गरी बजेट बचाएर कर्णालीको विकास नहुने भन्दै भौतिक पूर्वधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले अब कार्यालय प्रमुखले जिल्लामा गएर सर्वदलिय सर्वपक्षिय छलफल गरी जनताले बुझने गरी योनजनाका बारे जानकारी गराउनुपर्ने र समयलाइ सहि रुपमा सदुपयोग गरी योजना सम्पन्न गर्न आग्रह गरे।
नेपालीरैबार । २०८१ जेष्ठ १४, सोमबार