दैलेख महावुमा भूकम्प,चट्याङ,आगलागीका कृत्रिम घटना अभ्यास प्रदर्शनी

दैलेख । दैलेखको महावु गाउँपालिकामा भूकम्प, चट्याङ, आगलागीका कृत्रिम घटना अभ्यास प्रदर्शनी गरिएको छ।प्राकृतिक विपद् बाट हुने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले बुधबार महाबु गाउँपालिकामा सुरक्षा फौजबाट कृत्रिम घटना अभ्यास प्रदर्शनी गरिएको हो।

साहस नेपाल र महाबु गाउँपालिकाको संयुक्त आयोजनामा गरिएको कृत्रिम घटना अभ्यास प्रदर्शनीमा सुरक्षाकर्मीको उद्धार टोलीले भूकम्प गएको समयमा जनधनको क्षति हुन नदिन कुन प्रकारले काम गर्छ भन्ने बारेमा आफ्नो प्रदर्शनी गर्दै कार्यक्रममा सहभागी भएकालाई घटना भइसकेपछि के गर्ने बारेमा प्रदर्शनी मार्फत जानकारी गराएका थिए।

प्रदर्शनीको क्रममा सुरक्षाकर्मीको उद्धार टोलीले भूकम्प चट्याङ ,आगलागी बाट घाइते भएका व्यक्तिलाई उद्धार गरी एम्बुलेन्स मार्फत अस्पतालसम्म कसरी लग्ने विषयमा अभ्यास गरी जानकारी गराएका थिए। साहस नेपालकी संयोजक रोशनि घिमिरेले देशका २१ वटा जिल्लाहरूमा साहस नेपालले काम गरेको र दैलेखमा विगत १० वर्षदेखि जलवायु परिवर्तन र विपत न्यूनीकरणको क्षेत्रमा काम गर्दै आएको जानकारी दिइन्।

उनका अनुसार महाबुको ६ नम्बर ३ नम्बर,४ नम्बर वडामा खोज तथा उद्धार सम्बन्धी तीन दिने तालीम समेत दिएको छ। महाबु गाउँपालिका का कार्यवाहक अध्यक्ष मन्जु पाण्डेले भूकम्प, चट्याङ, र आगलागीका कृत्रिम घटना अभ्यास कार्यक्रम पालिकाबाट सुरुवात गरेको र अब विभिन्न वडाहरूमा र नागरिक स्तरमा समेत यस्ता कृतिम घटना अभ्यास गरिने बताए। यस्ता विपदका घटनासँग जोडिएर काम गर्ने साहस नेपाललाई वडा र जनताहरूको माझमा गएर समेत काम गरिदिन आग्रह गरिन् ।

दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले प्रकोप जुनसुकै बेला जान सक्ने भएकाले हामी सबै त्यसको प्रतिकार र आफ्नो सुरक्षाका लागि तयार भएर बस्नुपर्ने र विपदका घटना सम्बन्धी काम गर्ने साहस नेपाललाई अन्य पालिकाहरूमा पनि गर्न सुझाव दिए।

कृत्रिम घटना अभ्यास प्रदर्शनी कार्यक्रममा नेपाली सेना, सस्त्र प्रहरी, बिध्यार्थी, शिक्षक पालिका कर्मचारीको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण नेपाल रेड क्रस सोसाइटी सुर्खेतले गरेको थियो।

तपाईको प्रतिक्रिया