काठमाडौं। गएराती आएको हावाहुरीसहितको वर्षाले घर भत्किँदा दाङमा एकजनाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका- १२ रझेनीका ७० वर्षीय भगवान् खत्री को हावाहुरीले भत्काएको घरले च्यापिएर मृत्यु भएको इप्रका तुलसीपुरका प्रमुख डीएसपी ठाकुर पोखरेलले जानकारी दिए ।
उनका अनुसार अनुसार गएराति र८ बजे हावाहुरीले घर भत्किँदा टिनले छाएको एककोठे घरमा रहेका खत्रीको च्यापिएर मृत्यु भएको हो । मृतक खत्रीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।
नेपालीरैबार । २०८१ जेष्ठ २०, आईतवार