प्रमिलाको गीत ‘बहुरानी’ सार्वजनिक

काठमाडौं । पछिल्लो समय नेपालमा पनि हिन्दी गीत निर्माण गर्ने क्रम बढ्न थालेको छ । यस्तैमा गीतकार प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीत रहेको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक गरिएको छ ।

अनु चौधरीको स्वर र विश्व अधिकारीको एरेन्ज गीतमा छ । गीतको भिडियोमा रिमा विश्वकर्मा, एलिसा शर्मा, सृष्टी सुब्बा , सम्राट अधिकारी, रश्मी श्रेष्ठ, राधिका थापा, प्रतिक्षा लिम्बु दिपक भुर्तेल लगायतको अभिनय छ ।

बुद्ध थापाको छायांकन, मिलन विश्वकर्माको सम्पादन रहेको भिडियो केशव भट्टले निर्देशन गरेका हुन् । भिडियोमा एउटा बुहारीको भूमिका परिवारमा धेरै महत्वपूर्ण हुँदाहुँदै पनि बुहारीहरुले भोग्नुपर्ने समस्या देखाइएको छ ।

तपाईको प्रतिक्रिया