आज ‘लन्डन टु पेरिस’ र ‘गाउँ आएको बाटो’ एकै दिन प्रदर्शनमा

काठमाडौं । आज शुक्रवारदेखि दुई नयाँ नेपाली फिल्म ‘लन्डन टु पेरिस’ र ‘गाउँ आएको बाटो’ प्रदर्शनमा आएका छन् । यी दुवै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । ‘गाउँ आएको बाटो’ गाउँको कथा बोलेको फिल्म हो, भने ‘लन्डन टु पेरिस’ले प्रेमकथा विषय बनाएको छ ।

‘गाउँ आएको बाटो’
नवीन सुब्बाको निर्देशन रहेको फिल्म ‘गाउँ आएको बाटो’मा दयाहाङ राई, पशुपति राई र बालकलाकार प्रसन राईको मुख्य अभिनय छ । बाबुछोरोको कथामा निर्माण भएको फिल्म मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण गरिएको हो ।

अमोद राई र निर्देशक सुब्बा निर्माता रहेको फिल्मको पटकथा निर्देशनमा सुब्बाले महेश राईसँग सहकार्यमा तयार गरेका हुन् ।

फिल्मको अन्तर्राष्ट्रिय रिलिजको राइट्स सेभेन सिजले खरिद गरेको छ, भने कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई हुन् ।

‘लन्डन टु पेरिस’ 
घनश्याम लामिछाने निर्देशित ‘लन्डन टु पेरिस’ साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कबिर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी लगायतको अभिनय रहेको फिल्म हो । निश्चल र गरिमाले यहि फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् ।

ट्राभल लभस्टोरीको कथामा बनेको फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्म गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको सहकार्यमा बनेको हो । अमित बस्नेतले निर्माण गरेको फिल्म रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले वितरण गरेको हो ।

तपाईको प्रतिक्रिया