विश्वकप छनोट फुटबल: आज यमनसँग भिड्दै नेपाल

काठमाडौं। फिफा विश्वकप फुटबल–२०२६ को छनोट खेलमा नेपालले मंगलबार राति यमनको सामना गर्दैछ । नेपाल र यमनबिचको खेल साउदी अरबमा नेपाली समय अनुसार, राति २३ः४५ बजे सुरु हुनेछ ।

नेपालले घरेलु मैदानमा खेल्नु पर्ने खेल पनि ‘न्यूट्रल भेन्यू’ मा खेल्न लागेको हो । केही समयअघि एसियाली फुटबल महासंघ (एएफसी) का प्राविधिकले दशरथ रङ्गशालाको निरीक्षण गरेका थिए । त्यसपछि उनीहरुले दशरथ रङ्गशालाको विषयमा आफ्नो प्रतिवेदन एएफसीमा बुझाएका थिए ।

सोही प्रतिवेदनका आधारमा एएफसीले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्राचार गर्दै दशरथ रङ्गशालाको अवस्था विश्वकप छनोट खेलका लागि उपयुक्त नरहेकाले त्यो खेल ‘न्यूट्रल भेन्यू’ मा खेल्नु पर्ने जानकारी गराएको थियो ।

सोही आधारमा नेपालले घरेलु मैदानमा खेल्नु पर्ने खेल साउदी अरबमा खेल्न लागेको हो । यसअघि नेपालले संयुक्त अरब इमिरेट्स ९यूएई०सँगको खेल पनि साउदी अरबमै खेलिएको थियो । एसियाली क्षेत्रको दोस्रो चरणको विश्वकप छनोटमा नेपाल समूह ‘एच’ मा रहेको छ ।

नेपाली टोली यसअघि दुई खेलमा यूएईसँग क्रमशः ४–० गोल र ४–० गोलले पराजित भएको थियो । नेपाली टोलीलाई यमनले पहिलो खेलमा २–० गोलले हराएको थियो । यमनविरुद्धको दोस्रो खेल मंगलबार राति खेल्न लागिएको हो । नेपालले बहराइनसँग भने दुई खेलमा क्रमशः ५–० गोल र ३–० गोलको हार भोगेको थियो ।

तपाईको प्रतिक्रिया