टी-२० विश्वकप: पानीका कारण नेपाल र श्रीलंका बिचको खेल रद्द

काठमाडौं। आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल र श्रीलंकाबीचको आजको खेल रद्द भएको छ। अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी स्टेडियममा भारी वर्षा नरोकिएपछि टस नै हुन नसकी खेल रद्द भएको हो।

यससँगै दुवै टोलीले १–१ अंक बाँडेका छन्। नेपालको दुई खेलबाट १ अंक भएको छ। नेपाल समूह चरणको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो।

श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र दोस्रो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो। नेपालले अब बाँकी दुई खेल वेस्ट इन्डिजमा खेल्नेछ। वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा जेठ ३२ गते दक्षिण अफ्रिका र असार २ गते बंगलादेशसँग खेल्ने तालिका छ।

तपाईको प्रतिक्रिया