![](https://nepaliraibar.com/wp-content/uploads/2023/08/nraibar.gif)
एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटमा आज (बिहीबार) किङ्स इलाभेन पन्जाब र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा पन्जाब र बैंगलोर आफ्नो दोस्रो खेलका लागि मैदान उत्रन लागेका हुन् ।पन्जाब र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।
केएल राहुलको कप्तानीमा मैदान उत्रने पन्जाब पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । पहिलो खेलमा पन्जाब दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो । तर, दोस्रो खेलमा भने पन्जाब जितको खोजीमा हुनेछ ।
यता, विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोर भने लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा बैंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले हराएको थियो । पछिल्लो पाँच खेलको नतिजा हेर्दा बैंगलोर बलियो देखिएको छ । गत सिजनको दुई भेटमा समेत बैंगलोरले बाजी मारेको थियो ।
गत संस्करणमा भएको पहिलो भेटमा बैंगलोरले ८ विकेटको जित निकालेको थियो । दोस्रो भेटमा बैंगलोरले १७ रनको जित निकालेको थियो । पन्जाबविरुद्ध बैंगलोरले कप्तान कोहलीसँगै आरोन फिन्च, देभदत्त पाडिक्ल, एबी डी भिलियर्स, शिबम डुबे, वासिंगटन सुन्दर, युजभेन्द्र चहल, नाभदिप सैनीलाई मैदान उतार्ने छ ।
पन्जाबसँग राहुलसँगै मायांक अग्रवाल, निकोलस पुरण, ग्लेन म्याक्स्वेल, क्रिस जोर्डन, मोहम्मद शामी, सेल्डोन कोट्रेल जस्ता खेलाडीको साथ रहने छ ।
![](https://nepaliraibar.com/wp-content/uploads/2022/02/hare-Krishna-Dental.gif)
नेपालीरैबार । २०७७ आश्विन ८, बिहीबार