सुर्खेतं। नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कर्णाली प्रदेशमा गाडीले मान्छे नबोकी मान्छेले गाडी बोकेर हिँड्नुपर्ने अवस्था रहेको बताएका छन् । मङ्गलबार प्रतिनिधि सभा बैठकमा उनले उक्त भनाई राखेका हुन् ।
सांसद थानीले कर्णाली प्रदेशमा सडक निर्माणका लागि बजेट नछुट्याए संसद् भवन घेराउ गर्ने चेतावनी समेत दिएका छन् । उनले कर्णाली प्रदेशका राजमार्गहरू मृत्यु राजमार्ग बनेका बताए ।
सरकारले यसैगरी कर्णाली प्रदेशलाई उपेक्षा गरेमा कर्णाली प्रदेशका सांसदहरूले संसद् भवन घेराउ गर्ने चेतावनी दिएका छन् ।
नेपालीरैबार । २०८१ असार ४, मंगलवार