करणको गीत ‘मैले सम्झिने मान्छे’भिडियो सार्वजनिक

काठमाडौं। ‘नेपाल आइडल सिजन ५’ का विजेता करण परियारको गीत ‘मैले सम्झिने मान्छे’ सार्वजनिक भएको छ । आइडल विजेता भएपछि करणको सार्वजनिक भएको यो दोस्रो गीत हो । करणलाई गायिकाको रुपमा अस्मिता अधिकारीले साथ दिएकी छन् ।

‘मैले सम्झिने मान्छे’ बोलको गीतलाई डा। विष्णु दाहालले लेखेका हुन् भने अर्जुन पोखरेलको संगीत रहेको छ । गीतमा महाराज थापाको एरेन्ज छ ।

गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । मोडल सनिशा भट्टराई र शीतल वाग्लेको अभिनय रहेको भिडियोमा दुवैको प्रेमकथा देख्न सकिन्छ ।

भिडियामा मानकृष्ण महर्जन र पवन सुश्लिङको छायांकन र विकाश धमलाको सम्पादन रहेको छ ।

तपाईको प्रतिक्रिया