सुर्खेत। दैलेखमा बिवाह गर्दा वडाकाे अनुमति लिनुपर्ने भएको छ । जिल्लाको दुल्लु नगरपालिका-१२ ले बिहे गर्न वडाबाट अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको हो।
वडाले असार २६ गते एक सूचना जारी गरी साउन १ गतेबाट बिहेका लागि वडाको सिफारिस अनिवार्य रुपमा लिन जानकारी दिएको हो । असार २१ गते बसेको वडा समितिको बैठकले विहेका लागि वडाको सिफारिस चाहिने निर्णय गरेको थियो ।
बाल विवाह न्यूनीकरण गर्ने उदेश्यले वडाले उक्त क्षेत्र बिहे गर्ने युवा वा युवतीले वडा कार्यालयबाट अनिवार्य सिफारिस लिनुपर्ने व्यवस्था गरेको हो ।
नेपालीरैबार । २०८१ असार २८, शुक्रबार