प्रदेश संसद अझै अनिश्चित

सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको दुई महिनाभन्दा बढी समय भइसकेको छ । प्रदेश संसद चल्नेबारे अझै अनिश्चित छ । असार २७ गते छैटौं अधिवेशनको २९ औं बैठक बसेको थियो । उक्त बजेट अधिवेशनले चालु आर्थिक वर्षका लागि बजेट र केही विधेयकहरु परित गरेको छ । त्यसयता प्रदेश सभाको बैठक स्थगित भएको हो ।

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण बजेट अधिवेशन प्रभावित भएको थियो । कोरोना संक्रमणको जोखिम उच्च भएपछि अधिवेशन पूरा नहुँदै बीचमै स्थगीत गर्नुपरेको हो । सरकारले विजनेश दिन नसकेका कारण पनि लामो समयसम्म बैठक सुरु हुन नसकेको हो ।

बन्दाबन्दी खुलेर सबै क्षेत्र सामान्य गतिविधिमा फर्कन थालेपनि अझै कोरोना संक्रमणको जोखिम टरिसकेको छैन् । जसका कारण बैठक सञ्चालन गर्न चुनौति देखिएको खवर साझा विसौनी दैनिकमा छापिएको छ ।

यद्यपी तत्काद विजनेश नभएकाले बैठक नसकेको प्रदेश सभा सचिवालयले जनाएको छ । यसअघि पनि कर्णाली प्रदेश सभाका कतिपय बैठकल सरकारले विजनेश नदिँदा पटक–पटक स्थगित हुँदै आएका थिए ।

प्रदेश सभा सचिवालयका सचिव जीवबहादुर बुढाथोकीले विजनेस नहुँदा र कोरोनाका कारण पनि बैठक बस्न नसकेको जानकारी दिए । ‘बर्खे अभिवेशनले मुख्य बजेट पास गर्ने हो । यस अधिवेशने बजेट पास गरेको छ । केही विधेयकहरु परित गरेर बैठक स्थगीत भएको हो,’ उनले भने । अधिकाँश प्रदेशसभा सदस्यहरु यतिबेला आ–आफ्नो निर्वाचन क्षेत्रतिरै छन् ।

सचिव बुढाथोकीकाले अबको केही दिनभित्र बैठक बस्न सक्ने बताए । केही छलफलकै क्रममै रहेकाले त्यहीँ टुङ्गिएपछि बैठकबाट पारित गर्ने गरी बैठक बोलाउन सकिने उनको भनाई छ । समितिमा छलफलका त्रलममा रहेका विधेयकलाई टुङ्ग्याउन संसदीय समितिहरुले भने काम गरिरहेको उनले जनाए ।

‘मिनी संसद्का रुपमा हेरिने संसदीय समितिले अधिवेशन स्थगित भएको बेला सक्रिय रहेर आन्तरिक काम गरिरहेका हुन् । सभामुख राजबहादुर शाही यो महिनाको अन्तिमतिर बैठक बस्ने गरी सरकारसँग छलफल थालिएको बताउँछन् । असोज २२ देखि २५ गतेपभत्र बैठक बस्नेगरी तयारी थालिएको उनले बताए ।

तपाईको प्रतिक्रिया