यस वर्ष हुम्लामा समयमै ९५ प्रतिशत रोपाइँ सम्पन्न

सुर्खेत। यस वर्ष हुम्लामा समयमै ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। अधिकांश धान खेती गर्ने जग्गामा सिँचाइको व्यवस्था र वर्षा भएको कारण छिट्टै रोपाइँ सम्भव भएको हो ।

चङ्खेली गाउँपालिका–२ का किसान अनुसार धेरै धान खेती हुने दार्म जिल्लामा रोपाइँ अन्तिम चरणमा पुगेको छ । ९८ प्रतिशत रोपाइँ सकेको बताउँदै सिँचाइ सुविधा भएको कारण पानी नपरेको भएपनि सिँचाइ काम समयमै गर्न पाइएको छ । उक्त जिल्लामा दुई हजार रोपनी भन्दा बढी जग्गामा धान खेती हुने गरेको छ ।

यता सर्केगार्ड गाउँपालिका–३ को उनापानी गाउँका किसान दानबहादुर फडेराले गाउँभरि ९५ प्रतिशत रोपाई कार्य सम्पन्न भएको बताए। गत वर्ष साउन १२ गते गएको पहिरोले सिँचाइ कुलो भत्काएपनि त्यसलाई मर्मत गरिएको कारण सिँचाइ सुविधा भएको कारण चाँडै रोपाइँ भएको बताए ।

कृषि विकास कार्यालयका प्रमुख बखतबहादुर खड्काले जिल्लाभर ९५ प्रतिशत जग्गामा धान रोपाइँ सकिएको र बाँकी जग्गामा पनि रोपाइँ भइरहेको बताए । जब कि गत वर्ष यो अवधिमा ८७ प्रतिशत खेतमा सिँचाइ कार्य सम्पन्न भएको थियो ।

प्रमुख खड्काले जिल्लाभर मार्सी धान खेती हुने गरेको र अधिकांश खेतमा सिँचाइ सुविधा पुगेको कारण समयमै रोपाइँ काम पुरा भएको बताए। हुम्ला जिल्लामा एक हजार हेक्टर जग्गामा धान खेती हुने गरेको छ । हुम्ला जिल्लामा धान खेती नाम्खा गाउँपालिका बाहेक अन्य सबै गाउँपालिकामा हुने गर्छ ।

तपाईको प्रतिक्रिया