गुर्जोले बढायो आयुर्वेदमा विश्वास

सुर्खेत । कोरोना संक्रमण सुरु हुने अघिसम्म सुर्खेतको वीरेन्द्रनगर–४ मा कालागाउँमा रहेको प्रदेश अस्पतालमा दैनिक विरामीको चाप बढेको बढ्यै हुन्थ्यो नयाँ भवन र डाक्टर तथा अत्याधुनिक उपकरण आएपछि प्रदेश अस्पतालमा दैनिक एक हजारसम्म विरामी आउने गर्दथे ।

तर त्यो अस्पतालको परिसरमै रहेको आयुर्वेद औषधालयको अवस्था भने ठीक उल्टो थियो । त्यहाँ दैनिक बढीमा ३० जनासम्म विरामी आउने गर्दथे । आयुर्वेदप्रति खासै कसैको चासो र रुचीसमेत हुँदैनथ्यो । तर कोरोना कहरले भने आयुर्वेदप्रति विश्वास जगाइदिएको छ ।

प्रदेश आयुर्वेद औषधालयमा हिजोआज दैनिक कम्तीमा एकसय जना विरामी आउने गरेका छन् । रोग प्रतिरोधात्मक क्षमताको लागि गुर्जो, अमला, हराँबराँ लगायतका जडिवुटीबाट बनेको औषधी लिनका लागि आयुर्वेद औषधालय आउने संख्या बढेको छ । सुर्खेतपत्र दैनिकमा समाचार प्रकाशित छ ।

सबैभन्दा धेरै ग्याष्ट्रिक, दम, सुगर, रक्तचाप, यापल्स, हाड तथा नसासम्बन्धी रोगका विरामीहरु बढी आउने गरेका छन् । औषधालयले जेष्ठ नागरिक, सुत्केरीलाई दुध आउने औषधी पंचकर्म, पूर्वकर्मलगायतका विभिन्न प्रकारका औषधिहरु निःशुल्क दिने गरेको छ ।

तपाईको प्रतिक्रिया