कछुवाको गतिमा नेकपाको एकता प्रक्रिया

फागुनको निर्णय असोजमा कार्यान्वयन

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) देशको सबैभन्दा ठूलो राजनीतिक दल हो । स्थानीय तहदेखि केन्द्र सरकारसँग नेकपाकै बहुमत छ । समृद्धिकधो सपना पूरा गर्ने जिम्मेवारी नागरिकले नेकपालाई नै दिएका छन् । साम्यवादको सपना देखाएर जनमत आफ्नो पक्षमा पारेको नेकपाको गति भने कछुवा जस्तै छ ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको आन्तरिक गतिविधि अझै चलाएमान हुन सकेका छैनन् । संघीय संरचना अनुसार पार्टीका अधिकाँश भातृ संगठनहरु निर्माण हुन सकेका छैनन् ।

फायल तस्वीर

केन्द्रमा पार्टीभित्र देखिएको विवादका कारण जिल्ला र प्रदेश संगठनहरु अधुरै छन् । पार्टीका लागि शक्तिशाली संगठन मानिने विद्यार्थी, महिला र राष्ट्रिय युवा संगठन लगायतका भातृ संगठनहरुका प्रदेश कमिटी निर्माण भएका छैनन् ।

जिल्लाका अधिकाँश भाृत संगठनले पनि पूर्णता पाएका छैनन् । प्रदेश जिल्ला हुँदै वडासम्मका संरचनाहरु पनि अधुरै रहेका छन् । जिम्मेवारी नपाउँदा यसअघि दुई पार्टी हुँदा सक्रिय कार्यकताहरु निस्कृय बनेका छन् ।

पार्टी एकता भएको लामो समयसम्म जिम्मेवारी नपाउँदा पार्टीका आन्तिरिक गतिविधि पनि सुस्ताएका छन् । परिणामत सामाजिक कार्यमा पार्टी सक्रिय बन्न सकेको छैन् ।

देशको सबैभन्दा ठूलो पार्टीले कोरोना महामारीमा सामाजिक उत्तरदायित्व पूरा गर्न सकेको छैन् । युगआह्वान दैनिकमा समाचार छ ।

उसो त नेकपाको प्रदेश कमिटी आफैमा सुस्त छ । आजसम्म तीन पटकमात्रै नेकपा प्रदेश कमिटीको बैठक बसेको छ । नेकपा प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटीका अनुसार केन्द्रले कार्यकर्ताको जिम्मेवारी टुंगो लगाउन नसक्दा अधिकाँश प्रदेश स्तरीय भातृ संगठनहरु बन्न नसकेका हुन् ।

फागुनको निर्णय असोजमा कार्यान्वयन
सुर्खेत । कमिटीका नेताहरुको जिम्मेवारी बाँडफाँड नेकपा आन्तरिक रुपमा कति सक्रिय छ भन्ने एउटा उदाहरण हो गत फागुन ७ गते बसेको प्रदेश कमिटी बैठकले गरेको निर्णय झण्डै सात महिनापछि अर्थात् असोजमा मात्रै कार्यान्वयन गरिएको छ ।

नेकपाले विभिन्न जिल्लाबाट प्राप्त सुझावको आधारमा जिल्लाका निर्वाचन क्षेत्र र स्थानीय तहका इन्चार्ज र सहइन्चार्ज तोकेको छ । जसमध्य सुर्खेतको प्रतिनिधि सभाको क्षेत्र नं. १ को इन्चार्जमा सीता नेपाली, क्षेत्र नं. २ को इन्चार्जमा कमलबहादुर शाहीले जिम्मेवारी पाएका छन् ।

यस्तै, प्रतिनिधि सभातर्फको क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र (क) मा इन्चार्ज ठम्मर विष्ट, (ख) मा इन्चार्ज गगनसिं सुनार, क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन क्षेत्र (क) मा इचार्ज कृष्णबहादुर हमाल र (ख) मा इन्चार्ज दानसिं विकलाई तोकिएको छ ।

वीरेन्द्रनगर नगरपालिकाको इन्चार्जमा अमृत विसी र सहइन्चार्जमा मोहनमाया ढकाल, लेकवेशी नगरपालिकाको इन्चाजएमा माधव ढकाल र सहइन्चार्ज राजु गुइँदेललाई तोकिएको छ ।

यस्तै, चौकुने गाउँपालिकाको इन्चार्जमा ताराकेशर देवकोटा, पञ्चपुरीको इन्चार्जमा धनबहादुर विक, बराहतालको इन्चार्जमा नन्दा शर्मा चपाइँ, चिंगाडको इन्चार्जमा हरिमाया शर्मा, गुर्भाकोटको इन्चार्जमा चुँडामणि शर्मा र सिम्ताको इन्चार्जमा ठम्मर विष्टलाई तोकिएको पार्टीले जनाएको छ ।

तपाईको प्रतिक्रिया