सुर्खेत । बैकिङ कसुर मुद्दाका फरार एकजना प्रतिवादी र अभद्र व्यवहार मुद्दाका एक जना प्रतिवादीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बैकिङ कसुर मुद्दाका प्रतिवादी कैलाली लम्कीचुवा नगरपालिका–५ स्थायी घरभई हाल वीरेन्द्रनगर नगरपालिका–४ बस्ने ४१ बर्षीय दिल बहादुर मगर रहेका छन् । उनलाई बिहिबार सुर्खेत प्रहरीले पक्राउ गरी ईलाका प्रहरी कार्यालय लम्की कैलाली पठाइएको हो ।
यस्तै अभद्र व्यवहार मुद्दाका फरार प्रतिवादी वीरेन्द्रनगर नगरपालिका–४ बस्ने २८ बर्षीय कमल कार्की रहेको छन् । उनलाई जिल्ला अदालत सुर्खेतले दोषी ठहर गरे लगतै फरार रहरेका कार्कीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले पक्राउ गरेको हो ।
नेपालीरैबार । २०८१ श्रावण ४, शुक्रबार