काठमाडौंमा लक्ष्यभन्दा बढीले लगाए पोलियोविरुद्धको खोप

काठमाडौं । पोलियोविरुद्धको खोप अभियानमा लक्ष्यभन्दा पनि बढी बालबालिकाले खोप लगाएको पाइएको छ ।

काठमाडौं जनस्वास्थ्य कार्यालयका प्रमुख डा। अर्जुन सापकोटाका अनुसार ले साउन ९ गतेबाट सुरु भएको पोलियोविरुद्धको खोप अभियानमा लक्ष्यभन्दा बढी बालबालिकाले खोप लगाएका छन्।

एक लाख ८७ हजार १२८ बालबालिकालाई खोप अभियानमा समेट्ने लक्ष्य थियो । तर लक्ष्यभन्दा बढी एक लाख लाख ९२ हजार ९६३ बालबालिकालाई खोप लगाइसकेको छ । यो १३ गतेसम्मको तथ्याङ्क हो ।

काठमाडौंको टुकुचा नदीको सङ्गम स्थलको ढलमा पोलियोको भाइरस भेटिएपछि सरकारले गत साउन ९ गतेदेखि उपत्यकाका तीनै जिल्लामा जन्मेदेखि ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकालाई लक्षित गरी पोलियोविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ ।

पोलियो रोग पोलियो भाइरसबाट हुने सङ्क्रामक रोग हो । पोलियो रोग दूषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । पोलियो रोग लागेपछि ज्वरो आउने, पखाला लाग्ने, जीउ दुख्ने, थकाइ महसुस गर्ने र रोग गम्भीर हुन थाल्यो भने पक्षघात हुने र मृत्युसम्म हुने गर्दछ ।

तपाईको प्रतिक्रिया