काठमाडौं। इजरायलको आक्रमणमा हमासका प्रमसख नेता इस्माइल हानियाको मृत्यु भएको छ। बुधबार हमासले आफ्ना प्रमुख नेता हानिया इजरायल कारबाहीमा तेहरानमा मारिएको जनाएको हो ।
हमासले एक विज्ञप्ति जारी गर्दै हानियाको मृत्यु भएको पुष्टि गरेको छ । हमासका अनुसार तेहरानमा आफ्नै निवासमा भएको बेला इजरायलले गरेको हवाई कारबाहीमा ६२ वर्षीय हानियाको मृत्यु भएको हो ।
समाचारसंस्था एएफपीका अनुसार इरानको रेभलूशनरी गार्ड कोरले उक्त ‘घटना’ कसरी भयो भन्ने स्पष्ट नभएको तर छानबिन भइरहेको जनाएको छ ।
हमासका अनुसार हानिया इरानका नवनिर्वाचित राष्ट्रपति मसूद पेजेश्कियानले पदभार ग्रहण गर्ने समारोहमा सहभागी हुन इरान गएका थिए।
नेपालीरैबार । २०८१ श्रावण १६, बुधबार