![](https://nepaliraibar.com/wp-content/uploads/2023/08/nraibar.gif)
सुर्खेत । हुम्लाको सिमकोट गाउँपालिका–२ को ठेहे गाउँतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालक सहित दुई जना घाइते भएका छन् । सिमकोटबाट ठेहेतर्फ जाँदै गरेको ट्याक्टर वडा नम्बर २ को पैरापोरीमा दुर्घटना भएको हो ।
प्रहरी निरीक्षक नरेन्द्र चन्द अनुसार कच्ची सडकबाट पचास मिटर तल खसेको ट्याक्टर दुर्घटनाबाट सिमकोट गाउँपालिका– ६ का चालक २७ वर्षका धनबहादुर सुनार र सहचालक सिमकोट गाउँपालिका– २ का २३ वर्षका प्रीति सुनार घाइते भएका छन् ।
घाइते दुवै जनालाई ठेहे स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि जिल्ला अस्पतालमा ल्याई पुर्याएर उपचार सुरु भएको छ । कर्णाली प्रदेश ०२००१ त ० ३५२ नम्बर ट्याक्टर दुर्घटना भएको हो । दुर्घटना बिहान पौने एक बजे भएको हो । ट्याक्टर सिमकोटबाट खाद्यान्न बोकेर गएको थियो ।
![](https://nepaliraibar.com/wp-content/uploads/2022/02/hare-Krishna-Dental.gif)
नेपालीरैबार । २०८१ श्रावण १६, बुधबार